आज अर्घाखाँचीमा थप २७ जनामा कोरोना संक्रमण पुष्टी: सक्रिय संक्रमितको संख्या ७५७ पुग्यो

| २०७८ सावन २४ गते १९: ३४ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची।अर्घाखाँचीमा आईतवार थप २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा २० जना, भुमिकास्थान नगरपालीकाम ३ जना,शितगंगा नगरपालीकामा १ जना र पाणिनी गाउँपालीकामा ३ जनागरी २७ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ३७ सय १० पुगेको छ ।

कोरोना विवरण 

संक्रमितमध्ये हालसम्म २८ सय ७६ जनाले कोरोनालाई जितेका छन । अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ७५७ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ३४१ जना, भुमिकास्थान नगरपालीमा १२५ जना , शितगंगा नगरपालीकामा ५७ जना, मालारानि गाउँपालीकामा ११६ जना, पाणिनि गाउँपालीकामा १०२ जना र छत्रदेव गाउँपालीकामा १६ जना सक्रिय संक्रमित रहेका छन ।

 यस्तै कोरोना संक्रमणका कारण हालसम्म ७७ जनाको ज्यान गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्