आज अर्घाखाँचीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि: १ काे मृत्यु,संक्रमितको संख्या ७६१ पुग्यो

| २०७८ सावन २५ गते १९: ०३ मा प्रकाशित

अर्घाखाँची । अर्घाखाँचीमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै जिल्लामा  कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ३४ पुगेको छ।

आज सन्धिखर्क नगरपालिकामा ११ जना, भुमिकास्थान नगरपालिकामा १ जना, शितगंगा नगरपालिकामा ६ जना र पाणिनी गाउँपालिकामा १ जना, मालारानी गाउँपालिकामा ४ जना र  छत्रदेव गाउँपालिकामा १ जना गरि २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भने आज १९ जना काेराेना संक्रमण मुक्त भएसंगै हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ८ सय ९५ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सन्धिखर्क नगरपालिका १  जनाकाे ज्यान गएसंगै कोरोना संक्रमण बाट हालसम्म जिल्लाभरमा मृत्यु हुनेको संख्या ७८पुगेकाे छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ६१ पुगेको छ ।

कोरोना विवरण 

 

प्रतिक्रिया दिनुहोस्