नेपाली कांग्रेसकाे श्रद्धाञ्जली सभा बल्काेटमा सम्पन्न

| २०७८ सावन २५ गते १९: ३३ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।अर्घाखाँचीकाे छत्रदेव गाउपालिका वडा नम्बर २ काभ्रेमा नेपाली कांग्रेसका क्रियासिल सदस्य नारायण प्रसाद पाैडेलकाे नवाै दिनको पुण्य तिथिकाे अबसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । वावुराम पाैडेल र पदमलाल पाैडेलका पुज्यनिय पिता नारायण प्रसाद पाैडेलकाे ७९ बर्षकाे उमेरमा यही साउन १७ गते निधन भएको थियोे । 

श्रद्धाञ्जली सभामा मन्ब्य राख्दै नेपाली कांग्रेसका निबर्तमान सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले नारायण प्रसाद पाैडेलकाे निधनले कांग्रेसलाई अपुरणिय क्षति पुगेको बताउनुभयो । उहाँले देखाएको बाटोमा सबै अगाडि बढ्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा कांग्रेस जिल्ला सचिव विष्णुप्रसाद भुसाल , छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पाेख्रेल, नेपाली कांग्रेसका जिल्ला सदस्य पिताम्बर खनाल, पुर्ब जिल्ला सहसचिव बाबुराम पाैडेल, नेपाली कांग्रेस छत्रदेब गाउँपालिकाका संयोजक वालकृष्ण पाेख्रेल, १ नम्बर  वडा अध्यक्ष प्रकाशराज पन्थी , २ नम्बर वडा अध्यक्ष राजेसकुमार पन्थी , नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण अाचार्य, नेविसंघका जिल्ला सभापति भरतमणि भट्टराई , नेपाली कांग्रेसका नारायण भट्टराई , ईश्वरी पाैडेल, पिताम्बर भुसाल , चुमा पाैडेल, माया पाैडेल लगायतले श्रद्धाञ्जली तथा समवेदना ब्यक्त गर्नु भएको थियोे । 

श्रद्धाञ्जली सभा नेपाली कांग्रेस छत्रदेव २ का सभापति नन्द वहादुर पाैडेलकाे सभापतित्व र नेपाल तरुण दल छत्रदेबका संयोजक नरेन्द्र पाैडेलकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्