अर्घाखाँची अस्पताल का प्रमुख डा. कपिल गौतम फेरि भेटौला भन्दै अर्घाखाँची बाट बिदा भए (भिडियो सहित)

| २०७८ सावन २९ गते १९: १६ मा प्रकाशित

अशोक खनाल,सन्धिखर्क।अर्घाखाँची अस्पताल का प्रमुख मेसु डा. कपिल गौतम तथा मेडिकल अधिकृत अमृत भट्टराई विभिन्न कार्यक्रम का बीच अर्घाखाँची बाट बिदाई हुनु भएको छ।

 कर्मचारी मिलन केन्द्र अर्घाखाँची ,अर्घाखाँची अस्पताल तथा स्वास्थ कार्यलय अर्घाखाँचीले छुट्टाछुट्टै कार्यक्रमका बीच बिदाई गरेको छ ।दुई बर्ष देखि अर्घाखाँची अस्पताल मा प्रमुख भइ काम गर्नु भएका डा . गौतम लाई कर्मचारी मिलन केन्द्रले कर्मचारी मिलन केन्द्र मै निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापाको अध्यक्षता तथा गणेश पौडेल को संचालन मा बिदाई कार्यक्रम सम्पन्न गरेको थियो ।

भने उता अर्घाखाँची अस्पताल को आयोजनामा  डा.गौतम र दुई बर्ष देखि अर्घाखाँची अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा.अमृत भट्टराई लाई एउटै कार्यक्रम का बिच  बिदाई कार्यक्रम सम्पन्न गरिएको थियो  अर्घाखाँची अस्पताल को आयोजना सम्पन्न कार्यक्रम को  अस्पताल बिकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल को अध्यक्षता र  गणेश पौडेलको संचालन मा सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्