अर्घाखाँचीमा थप १० जनामा कोरोना संक्रमण: ४८ जना निको भएर घर फर्किए (सम्पूर्ण विवरण सहित)

| २०७८ सावन २९ गते १९: ४६ मा प्रकाशित

कमला थापा ,संधिखर्क।अर्घाखाँचीमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस संगै अर्घाखाँचीमा सक्रिय संक्रमितको संख्या ७ सय ५० भएको छ। 

शुक्रवार संधिखर्क नगरपालिका भित्र ५ जना ,मालारानी गाउँपालिकामा २ जना भुमिकास्थानमा १ जना,छत्रदेव गाउँपालिकामा २ जना गरि जम्मा १० जनामा कोरोना संक्रमित देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सूचना मार्फत जानकारी दिएको छ। 

कोरोना विवरण 

अर्घाखाँचीमा हाल सम्म जम्मा संक्रमितको संख्या ३९२४ रहेको छ भने हाल उपचाररत ७५० जना रहेका छन्। हालसम्म कोरोना भाइरसलाई पराजित गरि घर फर्किनेको संख्या ३०९५ रहेको छ,भने हाल सम्म ७९ जनाको मृ'त्यु भएको छ। 

आज कोरोना भाइरसलाई पराजित गरि घर फर्किनेको संख्या ४८ रहेको छ। 

प्रतिक्रिया दिनुहोस्