अर्घाखाँचीका मुस्लिमहरुले यसपालिको मोहरम पर्व जुलुस सहित नमनाउँने

| २०७८ सावन ३० गते १३: ३३ मा प्रकाशित

हलिम खाँन ,अर्घाखाँची। बिश्वका विभिन्न देशहरुमा कोरोनाका भेरियन्टहरु तिब्र गतिमा फैलिरहेको छ ।  स्वास्थ तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालका १७ ओटा जिल्लाहरु कोरोनाको हटस्पट बनेको छ जस मध्य अर्घाखाँची जिल्लापनि परेको छ ।प्रसासन अर्घाखाँचीले जिल्ला भर  साउन १६ गते शनिबारदेखि भएको निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाले भिडभाड नियन्त्रणमा आएपनि कोरोनाको ग्राफ भने दैनिक उकालो लाग्दै गएको छ। निषेधाज्ञा लगाइए पनि संक्रमण दरमा कमी आउन सकेको छैन।

यसै बिच मोहरम महिना ईस्लामिक क्यालेन्डर अनुसार पहिलो महिना हो  । नेपालमा मोहरम महिना साउन २७ गतेबाट सुरु भए संगै १४४३ हिजरी संवतको शुरूवात भएको छ ।

यहीँ महिनामा ईस्लाम धर्मका विभिन्न एतिहासिक घटनाहरु घटेका छन् ति मध्य एक मर्मस्पर्शी घटना इराकको करबला नामक मैदानमा घटेको थियो । जुन घटना यही इस्लामी क्यालेन्डर अनुसार मोहरम महिनाको १० तारिखमा घटेको थियो  । जसमा सम्पुर्ण मानव जातिका मार्ग दर्शक अल्लाहका अन्तिम सन्देशक हुजुर सल्लल्लाहु अलैहि वसल्लमको प्रिय नाति इमामे हुसैन रदि अल्लाहु अन्हु लगायत वहाँका छोरा, भतिजा , भान्जा , परिवार इष्ट मित्र गरि ७२  जनाले मर्मस्पर्शी बलिदान दिएका थिए । सोहि यादमा मोहरम पर्व  मनाइने गरिन्छ ।

अर्घाखाँचीका मुस्लिम समुदायहरुले कोरोना भाइरस महामारीका कारण  यो समयमा मोहरम पर्व  घरमै मिलाद र फातिहा गरि  जुलुस नबनाइ मनाउने भएका छन  ।

अर्घाखाँचीका मुस्लिम समुदायहरुले कोरोना भाइरस महामारीका कारण  यो समयमा मोहरम पर्व  घरमै मिलाद र फातिहा गरि  जुलुस नबनाइ मनाउने भएका छन  ।

जिल्ला प्रशासन कार्यालय,अर्घाखाँचीले निषेधाज्ञा अवधिभर मठ , मन्दिर तथा विभिन्न धार्मिक स्थलहरुमा परम्परागत रुपमा गरिने नित्य पुजा बाहेक अन्य सम्पुर्ण धार्मिक सांस्कृतिक गतिविधिहरु र गोष्ठी , तालिम , सभा सम्मेलन , सेमिनार , जात्रा महोत्सव र खेलकुद संचालन  र  भिडभाड हुनेजस्ता कार्यहरु गरेमा कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलबाट जारि आदेशमा उल्लेख  छ ।

प्रतिक्रिया दिनुहोस्