तिन दिन बिति सक्दा पनि कपिलवस्तुको कोईलि नदिमा बेपत्ता अर्घाखाँचीको धारापानीका पौडेल अझै भेटिएनन

| २०७८ सावन ३० गते १५: १९ मा प्रकाशित

लक्ष्मण बि सि,अर्घाखाँची।कपिलवस्तुको वाणगंगा नगरपालिका ९ स्थित कोइली खोलाले बगाएर बेपत्ता भएका पुरुष अझै फेला परेका छैनन् । बिहिबार देखि कोइली खोलामा आएको बाढीले अर्घाखाँचीको धारापानीका ४२ बर्षिय पशुपति पौडेल बेपत्ता छन् । साउन २८ गते अर्घाखाँची बाट लु २ च ५९०० नम्बरको बलेरो पिकअप जिपमा बिरामी लिएर बुटवल जाँदै गरेका उनी कोईली खोलाको कजवेमा बाढि आएको देखेपछि उनी गाडि रोकेर गाडिबाट बाहिर ओर्लिए । कजवे पुलमा आएको बाढिमा पिकअप जिप पार हुन्छ कि हुदैन भनेर पानीको वहाव नाप्न उनी खोलामा बिचार गर्न पसेका बेला उनलाई साउन २८ गते दिउँसो साढे पाँच बजेको समयमा खोलाले बगाएको कपिलवस्तु जिल्ला प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीले जानकारी दिए ।

पौडेलको बिहिबार देखिनै खोजीकार्य भैरहेता पनि अहिलेसम्म फेला पार्न नसकिएको एसपी कार्कीले बताए । नेपाली सेना, नेपाल जनपथ प्रहरी, शसस्त्र प्रहरी टोलिले खोजि कार्यजारी राखेको छ । तर लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदा खोजिकार्यमा समस्या भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी धर्मराज भण्डारीले जानकारी दिए ।

बिहिबार देखि अविरल वर्षाका कारण नदीमा आएको बाढीले अहिले उद्धारमा समस्या भएको छ । तर पनि शनिबार बिहानै देखि ईलाका प्रहरी कार्यालय पिपरा बाट असईको कमाण्डमा ६ जनाको प्रहरी टोली ,कोपहा प्रहरी चौकि बाट सहिको कमाण्डमा २ जना र जगदीश प्रहरी चौकिबाट २ जना गरि १० जना प्रहरी टोली कोहिली खोलाको विभिन्न ठाउँबाट वेपत्ता पौडेलको खोजिकार्य भैरहेको प्रहरीले जनाएको छ ।

गत बर्ष पनि कोहिली खोलाको सोही ठाउँबाट जिप सहित बगाउँदा अर्घाखाँची शितगंगा ३ का कृष्ण प्रसाद पौडेलको मृत्यु भएको थियो । वाणगंगाको भलवाड जोड्ने उक्त कजवेपुलमा आएको बाढीका कारण धेरै जनधनको क्षेती भएको छ । पानी पर्दा उक्त कजवेपुलबाट स्थानीयहरु जोखि मोलेरै यात्रा गर्न बाध्य छन् । बर्षिनी मानिसको ज्यान लिने कजवेपुल भत्काएर सोही स्थानमा मोटरेवल पुल बनाउनु पर्ने भन्दै सरकार समक्ष स्थानियले माग गरेका छन् ।कपिलबस्तु टाईम्स बाट साभार 

प्रतिक्रिया दिनुहोस्