आज अर्घाखाँचीमा ८७ जनाले कोरोना जितेर घर फर्किए: थप ५ जनामा कोरोना पुष्टी (सम्पूर्ण विवरण सहित)

| २०७८ सावन ३० गते २०: ०० मा प्रकाशित

श्याम घिमिरे। अर्घाखाँचीमा सनिवार ८७ जना कोरोना संक्रमणमुक्त भएका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट ३३ जना,भुमिकास्थान नगरपालीकाबाट १ जना,शितगंगा नगरपालीकाबाट १२ जना,मालारानी गाउँपालीकाबाट ३ जना, पाणिनी गाउँपालीकाबाट ३५ जना र छत्रदेव गाउँपालीकाबाट ३ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन । यससंगै जिल्लामा हालसम्म ३ हजार १ सय ८२ जनाले कोरोनालाई जितेका छन । यस्तै थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा १ जना, र मालारानी गाउँपालीकामा ४ जना गरी ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३९ सय २९ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ६६८ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । 

कोरोना विवरण 

जसमा सन्धिखर्क नगरपालीकामा ३२८ जना, भुमिकास्थान नगरपालीमा १०२ जना , शितगंगा नगरपालीकामा ४३ जना, मालारानि गाउँपालीकामा १२७ जना, पाणिनि गाउँपालीकामा ५५ जना र छत्रदेव गाउँपालीकामा १४ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण हालसम्म ७९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्