कोइलि कजबेले बगाउँदा बेपत्ता रहेका अर्घाखाँचीका पौडेलको शव चार दिन पछि फेला

| २०७८ सावन ३१ गते १५: ५६ मा प्रकाशित

कपिलवस्तु । कपिलवस्तु स्थित वाणगंगा ९ चौवहा र कोपिलधाम जोड्ने नदिको कब्जे माथिबाट आएको बाढीले बगाउँदा बेपत्ता भएका अर्घाखाँचीको धारापानीका पशुपति पौडेलको आज चौंथो दिनका दिन हर्दौना भन्ने स्थानमा पौडेलको शव भेटिएको प्रहरी स्रोतले जनाएको छ ।

स्थानीयले एउटा शव देखेको भने उक्त ठाउँमा खोजि गर्दा पौेडेलको शव भेटिएको कपिलवस्तु प्रहरी डिएसपि धर्मराज भण्डारीले बताउनु भएको छ । हर्दौना अन्तरगत पर्ने महाराजगन्ज नगरपालिकाको वार्ड न ८ सिमरा क्षेत्र भित्र उक्त शव फेला परेको जान्कारी दिएको छ ।

पौडेललाई साउन २८ गते बिहीबार दिउँसो नदी पार गर्ने क्रममा कोईली पुल माथिबाट नै बगाएको थियो ।

पौडेलको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लगिदै गरेको प्रहरीले जान्कारी गराएको छ ।source- -buddhabatikaonline.com

प्रतिक्रिया दिनुहोस्