आफ्ना स्व. बुबाको २९औँ पुन्य तिथिमा अर्घाखाँचीको कारागारमा कोभिड- १९ बाट संक्रमित बन्दीलाई घिमिरे परिवारद्वारा च्याबनप्रास अन्डा तथा माक्स वितरण

| २०७८ सावन ३२ गते १९: २३ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क।अर्घाखाँची जिल्ला पाणिनि गाउँ पालिका वडा न. ५ स्थायी घर भै सन्धिखर्क नगरपालिका वडा न. १ मा किराना गल्ला तथा फेन्सी पेशा गर्दै आइरहनु भएका बेदराज घिमिरे तथा लेखनाथ घिमिरे ले स्व. आफ्ना बुबा चेतनारायण घिमिरे  को २९ औं पुन्य स्मृति दिबसको अबसर पारी बुबाको सम्झनामा अर्घाखाँची कारागार मा कोबिड १९ बाट सन्क्रमित हुनु भएका बन्दी हरु लाई च्याबनप्रास अन्डा तथा माक्स हरु बितरण गर्नु भएको छ।   
  
यसभन्दा अघि पनि घिमिरे बन्धु हरुले अर्घाखाँची अस्पताल को आइसुलेसन मा उपचाराथ बिरामी हरुको लागि एक महिना निशुल्क खाना खुवाइ सक्नु भएको थियो। 

यहि श्रावण २८ गते एन्टिजिनकीट को माध्यम बाट गरिएको परिक्षणमा ६४ जना बन्दिहरु मध्ये ४ महिला सहित ५५ जना पुरुष लाई कोरोना पोजेटिभ देखिएको थियो हाल बन्दी हरुको स्वास्थ अवस्था सामान्य रहेको र  दैनिक अर्घाखाँची अस्पताल  र आर्युबेद स्वास्थ केन्द्र बाट स्वास्थकर्मी उनिहरुको स्वास्थ परिक्षणको लागि पुग्ने गरेको निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्