अर्घाखाँचीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि: ४४ जनाले कोभिड जितेर घर फर्किए (सम्पूर्ण विवरण सहित)

| २०७८ सावन ३२ गते १९: ३९ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँचीमा सोमबार ४४ जना कोरोना संक्रमणमुक्त भएका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट ३० जना,भुमिकास्थान नगरपालीकाबाट १ जना,शितगंगा नगरपालीकाबाट ५ जना,मालारानी गाउँपालीकाबाट ७ जना, पाणिनी गाउँपालीकाबाट ० जना र छत्रदेव गाउँपालीकाबाट १ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन । यससंगै जिल्लामा हालसम्म ३ हजार २ सय ९४ जनाले कोरोनालाई जितेका छन । यस्तै थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ४ जना, र मालारानी गाउँपालीकामा २ जना, पाणिनी गाउँपालिकामा ३ जना र छत्रदेवबमा २ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३९ सय ५० पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ५७७ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । 

कोरोना विवरण 

जसमा सन्धिखर्क नगरपालीकामा २६० जना, भुमिकास्थान नगरपालीमा ९७ जना , शितगंगा नगरपालीकामा ३८ जना, मालारानि गाउँपालीकामा ११२१ जना, पाणिनि गाउँपालीकामा ५० जना र छत्रदेव गाउँपालीकामा ११ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण हालसम्म ७९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्