अर्घाखाँचीमा आज ३७ जनाले कोरोना जितेर घर फर्किए: थप ३७ जनामा कोरोना संक्रमण पुष्टी

| २०७८ भदौ १ गते १९: ४४ मा प्रकाशित

श्याम घिमिरे ।अर्घाखाँचीमा मंगलवार ३७ जना कोरोना संक्रमणमुक्त भएका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट ७ जना, भुमिकास्थान नगरपालीकाबाट १३ जना, मालारानी गाउँपालीकाबाट ४ जना र पाणिनी गाउँपालीकाबाट १३ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन । यससंगै जिल्लामा हालसम्म ३ हजार ३ सय ३१ जनाले कोरोनालाई जितेका छन ।

यस्तै थप ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ६ जना, शितगंगा नगरपालीकामा १ जना,मालारानी गाउँपालीकामा २६ जना,पाणिनी गाउँपालीकामा ३ जना र छत्रदेव गाउँपालीकामा १ जना गरी ३७ जनामा कोरोना संक्रमण पुष्टी भएकोे जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । छयोसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ हजार ९ सय ८७ पुगेका छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ५७७ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा २५९ जना, भुमिकास्थान नगरपालीमा ८४ जना , शितगंगा नगरपालीकामा ३९ जना, मालारानि गाउँपालीकामा १४३ जना, पाणिनि गाउँपालीकामा ४० जना र छत्रदेव गाउँपालीकामा १२ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण हालसम्म ७९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्