अर्घाखाँचीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि: ३३ जनाले कोरोना जितेर घर फर्किए (सम्पूर्ण विवरण सहित)

| २०७८ भदौ २ गते ००: ०४ मा प्रकाशित

श्याम घिमिरे। अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमणमुक्त भएका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट १३ जना, भुमिकास्थान नगरपालीकाबाट १ जना, मालारानी गाउँपालीकाबाट ४ जना, पाणिनी गाउँपालीकाबाट १५ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन । यससंगै जिल्लामा हालसम्म ३ हजार ३ सय ६४ जनाले कोरोनालाई जितेका छन । 

यस्तै थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ४ जना, भुमिकास्थान नगरपालीकामा १ जना,मालारानी गाउँपालीकामा २ जना र पाणिनी गाउँपालीकामा ६ जनागरी १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ५५७ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा २५० जना, भुमिकास्थान नगरपालीमा ८४ जना , शितगंगा नगरपालीकामा ३९ जना, मालारानि गाउँपालीकामा १४१ जना, पाणिनि गाउँपालीकामा ३१ जना र छत्रदेव गाउँपालीकामा १२ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण हालसम्म ७९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्