अर्घाखाँचीमा सामाजिक सञ्जालको दुरुपयोग गरी निषेधाज्ञा उल्लघंन गर्ने ट्याक्सी चालक पक्राउ

| २०७८ भदौ ३ गते १४: १८ मा प्रकाशित

लक्ष्मण घिमिरे,अर्घाखाँची । निषेधाज्ञामा प्रहरीलाई गाली गलौच गर्नेलाई प्रहरीले मुद्दा चलाएको छ । सामाजिक संजाल मार्फत भ्रामक सुचना संप्रेषण गरी यात्रु ओसार–पसार गर्ने गरेको तथा सोधपुछ गर्दा प्रहरीलाई नै धम्की दिने ट्याक्सी चालक अनिल पौडेललाई प्रहरीले सार्वजनिक हित स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरिक्षक अमर थापाले जानकारी दिए ।

चालक पौडेललाई ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । सन्धिखर्क नगरपालीका वडा नम्बर-१, शान्तीबगैँचा स्थित सार्वजनिक  ट्याक्सीमा निषेधाज्ञा जारी भएको अवस्थामा फेसबुकमा सुचाना संप्रेषण गर्दै यात्रुहरु ओसार–पसार गरेको फेला परेपछी उनलाई प्रहरीले सोधपुछ गरेको थियो । सोधपुछ गर्दा ड्युटीमा खटिएका प्रहरीलाई गाली–गलौज, धाकधम्की दिएपछी उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यस्तै निषेधाज्ञाका बेला अनावश्यक यात्रु राखि हिँडडुल गरेका ३ वटा ट्याक्सी नियन्त्रणमा लिई १ हजार पाँच सयका दरले जरिवाना सहित आवश्यक कारवाही गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्