एमाले निकट रास्ट्रिय युवा संघका केन्द्रिय सदस्य किशन केसी माओबादी केन्द्रमा प्रवेश

| २०७८ भदौ ३ गते १४: ५० मा प्रकाशित

अर्घाखाँची । नेकपा (एमाले) निकट रास्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य किशन केसी नेकपा (माओबादी केन्द्र) मा प्रवेश गरेका छन् ।

उनलाई नेकपा (माओबादी केन्द्र) का जिल्ला संयोजक ठाकुर कुमार बिक किशोरले पाटी कार्यालयमा स्वागत गरेका हुन् ।

स्वागत कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य छमकुमारी खनाल जिल्ला कार्यलय सदस्य राजेन्द्र भुसाल, युबराज भुसाल आरबी खड्का, कृष्ण पोख्रेल, ठाकुर प्रसाद खनाल लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्