अर्घाखाँचीमा बिहिवार ५३ जनाले कोरोना जितेर घर फर्किए: थप १३ जनामा कोरोना संक्रमण पुष्टी (सम्पूर्ण विवरण सहित)

| २०७८ भदौ ४ गते ००: ०५ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची।अर्घाखाँचीमा बिहिवार ५३ जना कोरोना संक्रमणमुक्त भएका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट १२ जना, भुमिकास्थान नगरपालीकाबाट ९ जना, शितगंगा नगरपालीकाबाट १३ जना,मालारानी गाउँपालीकाबाट १७ जना र छत्रदेव गाउँपालीकाबाट २ जना कोरोना संक्रमणमुक्त भएका छन । यससंगै जिल्लामा हालसम्म ३ हजार ४ सय १७ जनाले कोरोनालाई जितेका छन ।

यस्तै बिहिवार थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ४ जना, भुमिकास्थान नगरपालीकामा ३ जना,शितगंगा नगरपालीकामा ३ जना, मालारानी गाउँपालीकामा २ जना र छत्रदेव गाउँपालीकामा १ जनागरी १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार १३ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ५१७ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा २४२ जना, भुमिकास्थान नगरपालीमा ७७ जना , शितगंगा नगरपालीकामा २९ जना, मालारानि गाउँपालीकामा १२६ जना, पाणिनि गाउँपालीकामा ३१ जना र छत्रदेव गाउँपालीकामा १२ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण हालसम्म ७९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्