आज अर्घाखाँचीमा ७० जनाले कोरोना जितेर घर फर्किए: थप ५ जनामा कोरोना पुष्टी (सम्पूर्ण विवरण सहित)

| २०७८ भदौ ६ गते १८: २८ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँचीमा आइतवार ७० जना कोरोना संक्रमणमुक्त भएका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट २२ जना,भुमिकास्थान नगरपालीकाबाट १५ जना,शितगंगा नगरपालीकाबाट ० जना,मालारानी गाउँपालीकाबाट २८ जना, पाणिनी गाउँपालीकाबाट ४ जना र छत्रदेव गाउँपालीकाबाट १ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन । यससंगै जिल्लामा हालसम्म ३ हजार ६ सय ७ जनाले कोरोनालाई जितेका छन । यस्तै थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ४  जना, र मालारानी गाउँपालीकामा १ जना गरी ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ४४ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ३५७ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । 

जसमा सन्धिखर्क नगरपालीकामा १६८ जना, भुमिकास्थान नगरपालीमा ५४ जना , शितगंगा नगरपालीकामा १२ जना, मालारानि गाउँपालीकामा ९१ जना, पाणिनि गाउँपालीकामा २४ जना र छत्रदेव गाउँपालीकामा ८  जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण हालसम्म ८०  जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्