नगरपालिकाले गर्‍यो रक गार्डेनमा सरसफाइ

| २०७८ भदौ १३ गते १४: १५ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ११ डिभर्नामा रहेको रक गाडेर्नमा सरसफाई गरिएको छ । सन्धिखर्क नगरपालिकाको आयोजनामा  पर्यटकीय  स्थल रक गार्डेनमा सरसफाइ गरिएको हो ।  

प्राकृतिक रुपमा रहेको चट्टान आफै गार्डेन जस्तै बनेर बसेको छ । एक पटक हेर्न जाने मानिसहरु चट्टानको बनाबट र त्यहाँको वातावरणमा प्रफुल्लीत हुन्छन । चिसो वातावरण र  छिटोछिटो परिबर्तन हुने मौषममा देखिने ढुंगाको बगैचामा जाने मासिनसहरु आनन्दीत हुने गरेका छन् ।

कलात्मक रुपमा मानिसहरुले आफै सजाएर र योजना अनुसार बनाएर राखेको जस्तो देखिने ति चट्टान अनौठो प्रकृतिका रहेका छन् । रकगार्डेनमा आउने स्थानीय तथा आन्तरिक पर्यटकहरुले फालेका प्लाष्टिक तथा पानीका बोत्तल लगायत उक्त स्थानमा रहेका फोहरमैलाहरुको सरसफाई गरिएको नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।

 कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, सन्धिखर्क नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष धु्रब आचार्य, प्राविधिक नारायण अर्यालय लगायत, सञ्चारकर्मी र सरोकारवाला निकायको उपस्थितिमा सरसफाई गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्