आज अर्घाखाँचीमा ४ जनामा कोरोना संक्रमण पुष्टि: हालसम्म ३८७२ जना डिस्चार्ज(सम्पूर्ण विवरण सहित)

| २०७८ भदौ १३ गते १७: ५१ मा प्रकाशित

अर्घाखाँची।पछिल्लो २४ घण्टामा अर्घाखाँचीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

सन्धिखर्क नगरपालिकामा ३ जना, मालारानी गाउँपालीकामा १ जना गरी जम्मा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । 

 जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार १ सय ६ पुगेको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा १५३ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ५३ जना, भुमिकास्थान नगरपालीमा १८ जना , शितगंगा नगरपालीकामा १४ जना, मालारानि गाउँपालीकामा ५१ जना, पाणिनि गाउँपालीकामा १२ जना र छत्रदेव गाउँपालीकामा ५ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ८१ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्