सितापुर लालकिल्ला तोडेर काङ्ग्रेसको बहुमत पार्टी बनाउछु: दर्नाल

| २०७८ भदौ १७ गते १४: १० मा प्रकाशित

सितापुर,अर्घाखाँची।सितगंगा नगरपालिका सितापुर वडा नम्बर २ सितापुर बजारका कांग्रेस नेता रामबहादुर दर्नालले वडा सभापति पदमा उम्मेदवरी दिने भएका छन् । आफुले १० वर्षसम्म पाटी सचिव भएर काम गरेको अनुभव सुनाउँदै दर्नालले आउदो महाधिवेशनमा सभापति भएर पाटी संगठनमा काम गर्ने बताए ।

‘सितापुरमा पहिले देखि कांग्रेस अल्पमतमा छ, दर्नालले भने, ‘युवाहरुलाई कांग्रेसमा आबद्ध बनाएर अब कांग्रेसलाई बहुमत पाटी बनाउँछु  । पाटी र जनताको पक्षमा काम गर्न म सभापतिको उम्मेद्धवार हुँ ।

सितापुर वडा न. २ को समग्र विकासको काम समानुपातिक रुपमा गर्न, बेरोजगार युवालाई कृषि उद्यम सहित अन्य उद्यमशीलतामा जोडेर गाउँमै स्वरोजगार उन्मुख बनाउने प्रयत्न रहेको उनले बताए । ‘कांग्रेस र गाउँको विकासमा योगदान गरेका पाका उमेरका नेतालाई सम्मान र तरुण युवालाई प्रोत्साहन गर्दै मैले पाटी हाँक्छु,’ उनले भने, ‘सबैलाई मिलाएर पाटीलाई चलायमान गराउछु । सितापुरमा शक्तिशाली पाटी बनाउँछु ।

हाल शितगङ्गा नगरपालिकाको   कार्यपालिका सदस्य पदमा रहेर सिंगो नगरको विकासमा आफुले गरेको योग्दान सबै जनताले प्रत्यक्ष देखिरहेको बताएका छन। 

कांग्रेसका १४ औं महाधिवेशन भदौं १८ गते वडा अधिवेशन, २७ गते गाउँ र नगरपालिका अधिवेशन, असोज १ गते प्रदेश क्षेत्र अधिवेशन, असोज ५ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, असोज १० गते जिल्ला अधिवेशन, कार्तिक ९ देखि १२ प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्