अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीद्वारा घरमै पुगि नागरिकता बितरण

| २०७८ भदौ २३ गते १८: १६ मा प्रकाशित

अशोक खनाल अर्घाखाँची।अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल ले जिल्ला को  भुमिकास्थान नगरपालिका वडा न. ५ का २७ बर्षािया  मानसिक पीडित केशव बन्जाडे लाई उनैको घर असुरकोटमा  पुगि नेपाली नागरिकता को प्रमाणपत्र बितरण गर्नुका  साथै केही खाध्य तथा राहत सामाग्री पीडित कि आमा सुमित्रा बन्जाडे लाई हस्तान्तरण गर्नु भएको थियो ।

 हस्तान्तरण कार्यक्रममा  प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा क्षेत्री शसस्त्र प्रहरी निरीक्षक चन्द्र बहादुर खत्री जिल्ला प्रशासन कार्यलय अर्घाखाँची का नायब सुब्बा कृष्ण प्रसाद आचार्य  वडा न. ५ का वडा अध्यक्ष तुल्सिराम बन्जाडे लगायत को उपस्थित रहेको थियो। 

< /figure> आर्थिक अबस्था कमजोर भएको उक्त परिबार का सदस्य मानसिक  पीडित केशव बन्जाडे को उपचारको लागी  आफुले मिल्ने जुनै पनि प्रकार को सहयोग गर्ने प्रजिअ पौडेल ले  प्रतिबद्धता ब्याक्त गर्नु भएको थियो पीडित केशव बन्जाडे ४ बर्ष देखी मानसिक सन्तुलन बिग्रेको आर्थिक अभावको कारण उपचार मा लान पनि नसकिएको  र उनको उपचार को निम्ति कसैले पनि सहयोग नगरेको पीडित कि आमा सुमित्रा बन्जाडेले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्