कांग्रेस महाधिवेशन : प्रदेश प्रतिनिधिमा उम्मेद्वारी दिने पाण्डेको घोषणा

| २०७८ भदौ २५ गते २०: २८ मा प्रकाशित

अर्घाखाँची । नेपाली कांग्रेसका युवा नेता रमेश पाण्डेले प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पाण्डेले अर्घाखाँची प्रदेश क बाट प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

वि.सं. २०६३ साल त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट नेविसंघको राजनीति सुरु गरेका पाण्डे बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसका पूूर्व ईकाई सचिव हुँदै हाल नेपाली कांग्रेस अर्घाखाँची रुपन्देही सम्पर्क समितिका वरीष्ठ उपाध्यक्ष छन् ।

प्रतिक्रिया दिनुहोस्