भोली सन्धिखर्कमा एमालेको बृहत कार्यकर्ता भेला हुने

| २०७८ भदौ २८ गते १७: १८ मा प्रकाशित

सचिन बाेहाेरा,अर्घाखाँची। नेकपा एमालेले भदौ २९ गते भाेली मंगलबार सन्धिखर्कस्थित सभागृहमा बृहत कार्यकर्ता भेला गर्ने भएको छ ।

 जिल्लामा एमाले पाटीलाई एकताबद्ध बनाउन, कार्यकर्तालाई सक्रिय पार्न र विभाजनतिर होइन एमालेमै आबद्ध हुन एवं १० बुँदे सहमति सहितको एकताको सन्देश दिन कार्यकर्ता भेलाको आयोजना गरिएको एमाले जिल्ला उपसचिव प्रेमनारायण गैरेले बताए । सुढृढ र एकताबद्ध एमाले निर्माणको लागि भेला हुन लागेको हो ।

आउँदो तीनै तहको निर्वाचनको तयारी स्वरुप प्रशिक्षित र वर्तमान राजनीति परिस्थितिको बारेमा कार्यकर्तालाई वैचारिक क्षमताको अभिवृद्धि गर्न सक्ने बनाइने उनले बताए । विभाजनको बाटो गलत छ भन्दै वर्तमान सरकारको कामको बारेमा स्पष्ट पारिनेछ । विभिन्न कारण केही व्यक्ति अलग भएपछि समग्र रुपमा जिल्लामा पाटी एक भएको र कार्यकर्तास्तरमा विभाजनको कुनै असर नपरेको उनले बताए । भेलालाई सम्बोधन गर्न केन्द्रीय स्तरको नेता आउनेछन् । ६१ वटै वडाबाट एमालेका कार्यकर्ता सन्धिखर्क आउनेछन् ।

प्रतिक्रिया दिनुहोस्