अर्घाखाँचीमा चोरी मुद्धामा फरार बस्नेत २ वर्षपछि पक्राउ

| २०७८ भदौ २८ गते १५: ४३ मा प्रकाशित

सन्धिखर्क। अर्घाखाँची जिल्लाको छत्रदेव गाउँ पालिका वडा नम्बर - ४ केरुङ्गाका चोरी मुद्धामा फरार गोकुल बस्नेतलाई प्रहरीले २ वर्ष पछि पक्राउ गरेको छ ।

बस्नेतलाई चोरी मुद्धामा अर्घाखाँची जिल्ला अदालतले २०७६ साल कार्तिक ३ गते १५ दिनको कैद सजाय तोकेकोमा उनि सजाय भुक्तानी नगरी फरार रहेका थिए। निजलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले आज (सोमबार) विषेश सुचनाको आधार उनकै घर बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पक्राउ गरिएका बस्नेतलाई अर्घाखाँची जिल्ला अदालतमा पेश गरेर कैद भुक्तानका लागि कारागार चलान गरीएको समेत प्रहरी स्रोतले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्