नेकपा एमाले अर्घाखाँचीद्धारा बृहत कार्यकर्ता भेला सम्पन्न ,काँग्रेस-माओबादी लगायतका दलहरुको महागठबन्धनको त्यान्द्रो अपबित्र : टोपबहादुर रायमाझी

| २०७८ भदौ २९ गते १९: १९ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची।नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले काँग्रेस,माओबादी केन्द्र लगायतका दलहरुको महागठबन्धनलाई त्यान्द्रोको संज्ञा दिनुभएको छ । रायमाझीले परमादेशबाट बनेको गठबन्दनको सरकार अपबित्र भएको भन्दै यस्तो गठबन्धन धेरै समयसम्म नटिक्ने बताउनु भयो । नेकपा एमाले अर्घाखाँचीले मंगलवार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दे नेता रायमाझीले यस्तो बताउनु भएको हो ।

पुर्ब उपप्रधानमन्त्री समेत रहनुभएका रायमाझीले एमाले अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपि शर्मा ओली सरकारले गरेका लोकप्रिय कामबाट बिपक्षीहरु अत्तालीएर सरकार फेरबदलमा लागेको आरोप समेत लगाउनुभयो । रायमाझीले नेपालको कम्युनिष्ट आन्दोलन संक्रमणकालीन अबस्थाबाट गुज्रीएको भन्दै माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको चर्को आलोचना समेत गर्नुभएको थियो । रायमाझीले जिल्लामा प्रचण्डको झुण्ड र माधब कुमार नेपालको पार्टी चामलको बियाँ जस्तै रहेको भन्दै सबैलाई एमालेमा गोलबन्द हुन आग्रह पनि गर्नुभएको थियो ।

कार्यक्रममा मनतब्य राख्दै एमाले केन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको राजनीतिबाट एक्लो हुँदै गइरहेको भन्दै प्रचण्डको अब च्याखे दाउ राजनीति नचल्ने दाबि गर्नुभयो । उहाँले प्रचण्ड जता फाइदा देख्यो त्यतै लाग्ने गरेको आरोप पनि लगाउनु भयो । बस्नेतले एमालेलाई बिभाजन गराउन सरकाले सबै कानुललाई ध्वम्स पारेको भन्दै सभामुख अग्नि सापकोटाले पदीय मर्यादा भुलेर शेरबहादुर,प्रचण्ड र माधव नेपालको गोटी बनेको आरोप पनि लगाउनु भयो । बस्नेतले यही अवस्थामा एमालेले प्रतिनिधि सभा चल्न नदिने प्रष्ट समेत पार्नुभयो ।

पुर्ब मन्त्री समेत रहनुभएका नेता बस्नेतले माधव कुमार नेपालले एमालेलाई कमजोर बनाएको आरोप पनि लगाउनु भयो । बस्नेतले माधब नेपालले हात्तीजत्रो एमालेलाई बोको जत्रो बनाएको भन्दै नेपालको कडा आलोचना गर्नुभयो । बस्नेतले केपि ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री नभएको भए एमालेलाई खोज्नुपर्ने स्थिति आउन सक्ने समेत जिकिर गर्नुभएको थियो ।

कार्यक्रममा एमाले नेता नजिर मिँया , चन्द्रबहादुर खड्का ,बोम बहादुर बिक, रामजी प्रसाद घिमिरे , लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता ,उपाध्यक्ष जिवनारायण कोईरालाको स्वागत मन्तव्य र सचिव तोजबहादुर रायमाझी बिधानको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लाका अगुवा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्