कर्मचारी मिलनकेन्द्र अर्घाखाँचीको बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम एक कार्यक्रम बीच सम्पन्न

| २०७८ भदौ ३० गते २२: ४९ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 भाद्र ३०- कर्मचारी  मिलनकेन्द्र अर्घाखाँचीको बाषिक साधारण सभा तथा संमान कार्यक्रम एक कार्यक्रम बीच सम्पन्न भएको छ।

केन्द्रका मानार्थ संरक्षक माननीय जिल्ला न्यायाधीश बासुदेब न्यौपाने को प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रम मा केन्द्र का संरक्षक प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल , केन्द्र का सल्लाहकार जिल्ला समन्वय अधिकारी लक्ष्मी पान्डे ,शसस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन ,प्रमुख अनुसन्धान अधिकृत बिनय चर्तुबेदी, कर्मचारी मिलन केन्द्र का पुर्ब अध्यक्ष बलाराम मिश्र ,नेपाली सेनाका सेनानी आदित्य सिलवाल ,प्रहरी निरीक्षक गणेश खनाल, जिल्ला स्थित सम्पुर्ण कार्यलय का प्रमुख तथा प्रतिनिधि हरुको उपस्थित रहेको थियो ।

< /figure> प्रमुख अतिथि बाट ब्यानर पढी उदघाटन गरिएको कार्यक्रम मा मुद्दा  फर्छुयौट मा लुम्बिनी प्रदेश प्रथम भएको मा जिल्ला अदालत  अर्घाखाँची ,अति उत्कृष्ट कार्य सम्पादन सहित देश भरिका ७७ वटा जिल्ला प्रशासन मध्ये अर्घाखाँची जिल्ला प्रशासन प्रथम भएको मा प्रशम्सा पत्र प्रदान गर्नु का साथै निजामती सेवादिवस २०७८ बाट पुरस्कार सहित  पुरस्कृत हुनु भएकामा छत्रदेब गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्त लाई संमान गरिएको थियोे ।
 

कार्यक्रममा कर्मचारी मिलन केन्द्र का पदाधिकारी का अलवा आ आफ्नो कार्यलय हरुमा उत्कृष्ट  काम गरेको भन्दै कार्यलयका कम्प्युटर साहायक सबारी चालक  तथा कार्यलय सहयोगी हरु दिपक खनाल ,किरण बस्याल ,सुदिप कुमार आचार्य ,राम कुमार कुवर,दिपक आचार्य ,चिरञ्जीवी पौडेल ,बुद्धि बहादुर खड्का लाई संमान गरिएको थियो ।

कर्मचारी मिलन केन्दका अध्यक्ष खिम बहादुर राना को अध्यक्षता साहायक प्रमुख जिल्ला अधिकारी  बिक्रम थापाको  स्वागत मन्तव्य  बाट सम्पन्न  कार्यक्रम को संचालन  नारायण पोख्रेलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्