नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी ) पार्टी कार्यालय अर्घाखाँचीको उदघाटन तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न

| २०७८ असोज ३ गते १२: ३३ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी ) रुपान्तरण   पार्टी कार्यलय उदघाटन तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

 पार्टीका केन्द्रिय पोलिट्ब्युरो सदस्य तथा जबस मोर्चा संयोजक डा. बिजय पौडेल को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङ ,केन्द्रिय सदस्य यमुना भुसाल ,केन्द्रिय  विशेष कमिटी  कार्यलय सदस्य मोहन गौतम  प्रदेश कमिटी सदस्य हरु पिताम्बर भुसाल ,पिताम्बर सारु ,

सुनिता बेल्बासे जिल्ला नेता हरु कुलदिप भुसाल ,सिद्धि प्रसाद भुसाल लक्ष्मी गौतम  गुल्मी जिल्ला इन्चार्ज गणेश खनाल , युबा संघ का केन्द्रिय सचीव सुशील भट्टराई ,अनेरास्ववियु का केन्द्रिय स्थाइ कमिटी सदस्य नारायण शर्मा  लगायतको उपस्थित रहेको थियो।

आजैको भेलाले एकीकृत समाजबादी पार्टी को २०१ सदस्यीय   जिल्ला कमिटीको नाम  सार्बजनिक गर्नुका साथै विभिन्न मोर्चा को संयोजक तथा अध्यक्ष को पनि जिम्मेवारी बाड्फाड गरेको छ पार्टीले युबा संघ को अध्यक्षमा पुष्कर पौडेल ,पिपुल्स भोलेन्ट्यर को संयोजकमा मनोज सापकोटा , किसान महासंघ को इन्चार्ज मा युबराज पौडेल ,महिला संयोजक मा सुमित्रा मुखिया ,विद्यार्थी इन्चार्ज मा हृदय भुसाल ,विद्यार्थी अध्यक्षमा सागर परिवार ,शिक्षक इन्चार्ज मा दिनामनी बेल्बासे,स्थानीय निकाय संयोजकमा लक्ष्मी गौतम ,समाजबादी प्रेस सङ्ठन को संयोजक मा अशोक चौहान ,बुद्धिजिबि संयोजकमा बिष्णुहरि भुसाल ,जनसास्कृतिक संघ मा सहयोगी बिसि,दलित समाजको संयोजक मा राम कुमार बिक लगायत लाई जिम्मेवारी तोकिएको छ ।साथै पार्टीले कार्तिक मसन्ता भित्र क्षेत्रीय कमिटी ,पालिका कमिटी वडा कमिटी तथा टोल कमिटी हरु निर्माण गर्ने  कार्तिक १५ गते भित्र साङाठनिक सदस्यता बितरण गर्ने बताएको छ ।

प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी डा. बिजय पौडेल , केन्द्रिय सदस्य राजु गुरुङ , यमुना भुसाल , प्रदेश सदस्य हरु पिताम्बर भुसाल पिताम्बर सारु जिल्ला नेता कुलदिप भुसाल युबा तथा विद्यार्थी का केन्द्रिय नेता हरु सुशील भट्टराई नारायण शर्मा लगायतका बक्ता हरुले प्रशिक्षण मुलक मन्तव्य राखेका थिए ।पार्टी का जिल्ला अध्यक्ष राम बहादुर चौहान को अध्यक्षता जिल्ला सदस्य बिष्णुहरि भुसाल को स्वागत मन्तव्य र हृदय भुसालको संचालमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्