गुटबन्दी अन्त्य गरि सबल काँग्रेस निर्माणका लागि मेराे सभापतिमा उम्मेदवारी: युवानेता पाैडेल

| २०७८ असोज ४ गते १३: १८ मा प्रकाशित

माधव पाैडेल,अर्घाखाँची।
 ४ असाेज-  नेपाली काँग्रेस अर्घाखाँचीकाे महाधिवेशनकाे चहलपहल सुरू भएकाे छ ।  काँग्रेसकाे १३ अाैँ महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याई महाधिवेशन प्रतिनिधिमा विजयी युवानेता इन्द्रमणि पाैडेलले उम्मेदवारी घाेषणा गरेर मत माग्न व्यस्त हुनुहुन्छ। ३८ वर्षिय युवानेता पौडेल सानै उमेरदेखी नै नेविसंघ, तरुणदल हुदैँ काँग्रेसको राजनितीमा सक्रिय हुनुभएको हाे ।

´मैले नेपाली कांग्रेसको आगामी १४ औँ महाधिवेशनमा जिल्ला सभापतिमा चुनाव लड्नका लागी घोषणा गरिसकेको छु ।’ आम जिल्लाबासीको चाहना अनुसार पुराना नेता र अग्रजहरूलाई सम्मान गर्दै युवाले नेतृत्व लिनुपर्छ भन्ने उद्देश्यका साथ मैले जिल्ला सभापति भई काम गर्ने तयारी गरेको छु पौडेलले भने । 

बेरोजगार युवाहरूलाई आफ्नै ठाउँमा रोजगारी वा स्वरोजगार उद्यमशीलतामा समाहित गर्नुपर्छ भन्ने मुख्य उद्देश्यका साथ युवाहरूलाई आयमूलक कार्यमा व्यस्त बनाउँदै काँग्रेसको संगठनलाई मजवुद बनाउँने दायित्व रहेको पौडेलले बताए । ‘युवाहरूलाई देशभित्रै राख्न सकेमा आगामी निर्वाचनमा युवाको महत्व बढी हुने भएका कारण  प्राथमिकतामा राखेको पौडेलले बताए ।’

सामान्य परिवारमा जन्मेका पौडेलले अर्घाखाँचीमा गैरसरकारी संस्था मार्फत धेरै युवाहरुलाई स्वरोजगार बनाएका छन् ।  ‘राजनीति पाका उमेरकले मात्र गर्नुपर्छ भन्ने कुरा हुँदैन । बिपी कोइराला ४५ वर्षको उमेरमा प्रधानमन्त्री बन्नुभएको थियो । म पनि सानै उमेरदेखि राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील भएका कारण पनि पार्टीको संगठन चलाउने क्षमता छ । नयाँ प्राविधिक युगसँगै पार्टी सञ्चालन गर्ने तरिका पनि प्रविधिमैत्री बनाउनुपर्नेमा पाैडेलकाे जाेड छ । 

अर्घाखाँचीमा ४ जना उम्मेदवार देखिएसँगै जिल्लामा पुस्ता हस्तान्तरण गर्ने गरि युवा नेतृत्वलाई विजयी गराउनुपर्ने कार्यकर्ताहरू बताउछन् ।

प्रतिक्रिया दिनुहोस्