शैक्षिक गुणस्तर माथि उठाउँन नगरपालिका बाट कुनै कसुर बाँकी राखिदैंन : नगरप्रमुख कमल भुसाल

| २०७८ असोज २० गते १६: ५० मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका शिक्षा शाखाको आयोजना मा नगरपालिका भित्र रहेका विभिन्न बिधालयका प्रधानध्यापक हरुको बैठक तथा बिजया दसमिको शुभकामना अर्दान प्रदान कार्यक्रम  सम्पन्न भएको बताईएको छ। 

कार्यक्रम  नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल शाखा अधिकृत मन्जु खनाल शिक्षा अधिकृत मन्जु आचार्य पत्रकार महासघका अध्यक्ष असोक खनाल लगाएतले शुभकामना मन्तब्य राख्दै गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ नगरपालिका भित्र रहेका बिधालयहरुको अबस्था  आगामी रणनीति शिक्षक अभिभावक ब्यबस्थापन समितिका पदाधिकारी ले खेल्नु पर्ने भुमिका नगरपालिका बाट दिने सेवा सुबिधा अनुगमन निरिक्षण लगाएतका बिषयमा जनप्रतिनिधि कर्मचारी प्रअहरु बिच छलफल भएको थियोे  भने बैठक तथा छलफलमा  विजय दशमी र शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको हाम्रा समचार दाताले जानकारी गराएका छन ।

प्रतिक्रिया दिनुहोस्