कांग्रेस महाधिवेशन : केन्द्रीय समितिमा अर्घाखाँचीका ८ जना भिड्दै

| २०७८ मंसिर २३ गते १२: ५० मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।नेपाली कांग्रेसको केन्द्रीय समितिमा अर्घाखाँचीबाट ८ जनाले उम्मेद्वारी दिने भएका छन् । कांग्रेसको १४ औ महाधिवेशन नजिकदै गर्दा जिल्लाका ८ जना नेताले सहमहामन्त्रीसहित केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने तयारी गरेका छन् । उम्मेद्वारीको टिकट फाइनल गर्न उनीहरु आफू निकट नेताहरुको दौडधुपमा लागिरहेका छन् ।

वर्तमान केन्द्रीय सदस्य समेत रहेका पूर्बमन्त्री मानबहादुर विक र संघीय सांसदकी सचेतक पुस्पा भुसालले सहमहामन्त्रीमा उम्मेद्वारी दिने बताएका छन्। नेपाल दलित संघका पूर्वसभापति समेत रहेका विक पूर्वराज्य मन्त्री समेत हुन् ।

उनलाई नेपाली कांग्रेसले उपराष्ट्रपतिको समेत उम्मेद्वार बनाएको थियो भने महिला नेतृ भुसाल प्रखर र स्पष्ट बक्ता नेताको रुपमा चिनिन्छिन् । उनी संविधान सभा र वर्तमान संसदमा प्रतिपक्षको रुपमा कडा आवाज उठाउने नेताको रुपमा चिनिन्छन् । यसपालीको निर्वाचनमा सहमहामन्त्रीमा उम्मेद्वारी दिने बताएकी छिन्।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री रेवती प्रसाद भुसाल, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, नेपाली कांग्रेसका नेता तथा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, कांग्रेस नेताहरु डाक्टर  जय बहादुर टण्डन र  हिम्मत टण्डन र डाक्टर मुक्ति श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्