अबैध रुपमा कवाड (टायर) लैँजादै गरेको ट्रक नरपानीमा पक्राउ

| २०७८ मंसिर २९ गते १६: ३३ मा प्रकाशित

अर्घाखाँची। प्रहरी चौकी नरपानीले अबैध रुपमा कवाड (टायर) लैँजादै गरेको अवस्थामा  ट्रकलाई नियन्त्रणमा लिएको छ। 

जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी स्थित लु २ ख ३३१० नम्बरको ट्रकले  कवाड (टायर) लोड गरी अबैध रुपमा लैँजादै गरेको अवस्थामा प्रहरी चौकी नरपानीबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि नगरपालिकाको कार्यालयमा पठाएको थियो। 

 सन्धिखर्क नगरपालिकाको कार्यालयले उक्त ट्रक लाई रु.२०,०००।– (बिस हजार ) जरिवाना गरेको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्