नेपाल हृदयरोग निबारण प्रतिष्ठान अर्घाखाँचीको अधिबेशन सम्पन्न: अध्यक्षमा कृष्ण भुसाल चयन

| २०७८ पौष २ गते ०१: १६ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची। नेपाल हृदयरोग निबारण प्रतिष्ठान अर्घाखाँचीको तेस्रो अधिबेशन तथा पाँचौ साधारण सभा बिहिवार सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशनले कृष्ण प्रसाद भुसालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको निर्बिरोध रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ,इन्दीरा श्रेष्ठ र रामप्रसाद पंन्थी रहनुभएको छ । समितिको सचिवमा मेनुका पौडेल,कोषाध्यक्षमा टोपलाल खनाल,सहसचिवमा गोपाल प्रसाद भट्टराई र सहकोषाध्यक्षमा बसन्ता पौडेल चयन हुनुभएको निर्बाचन समितिका संयोजक दोर्ण प्रसाद भुसालले जानकारी दिनुभयो ।

यस्तै समितिको सदस्यहरुमा बलराम बन्जाडे,शुश्मा श्रेष्ठ, माया श्रेष्ठ र प्रेमनारायण पोख्रेल चयन हुनुभएको छ । तिन जना सदस्य भने कार्यसमितिले पछि चयन गर्ने जनाईएको छ । अधिबेशनले हुम प्रसाद बन्जाडे,कृष्ण प्रसाद खनाल,यमराज पाण्डे,गोबिन्द प्रसाद भुसाल र नन्दलाल श्रेष्ठलाई समितिको सल्लाहकारमा चयन गरेको छ ।

यसअघि अधिवेशनको नेपाल हृदयरोग निबारण प्रतिष्ठानका केन्द्रीय सदस्य एवं बरीष्ठ मुटुरोग बिशेषज्ञ डा.सुमन्त बन्जाडेले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै डा. बन्जाडेले स्वथ्य जिवनयापनकालागी स्वथ्य मुटुको आबश्यकता पर्ने भन्दै,मानब अंगको समवेदनशिल अंग मुटुलाई स्वथ्य राख्नु आजको पहिलो आबश्यकता रहेको बताउनु भयो । बन्जाडेले मुटुलाई स्वथ्य राख्न खानपान र बानि व्यवहारलाई पुर्णरुपमा परीबर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैबिच कार्यक्रममा नेपाल हृदयरोग निबारण प्रतिष्ठान अर्घाखाँचीमा लामो समयसम्म समितिमा रही संस्थालाई अतुलनिय सहयोग गरेको भन्दै संस्थाका पुर्ब अध्यक्ष हुमप्रसाद बन्जाडे, उपाध्यक्ष नन्दलाल श्रेष्ठ र संस्थाका संस्थापक सदस्य एवं पत्रकार श्याम प्रसाद घिमिरेलाई प्रमाणपत्र सहित सम्मान गरीएको थियो ।

संस्थाका निबर्तमान अध्यक्ष सुर्य थापाको अध्यक्षता, मेनुका पौडेलको स्वागत मनतब्य र सचिब कृष्णप्रसाद भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा निबर्तमान सचिब भुसालले संस्थाको प्रगति प्रतिबेदन र कोषाध्यक्ष रामप्रसाद पंन्थीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको भएको थियो । २०६७ सालमा स्थापना भएको संस्थामा हाल ९८ जना आजिवन सदस्यहरु रहेका छन । संस्थाले जिल्लामा मुटुरोग सम्बन्धी बिभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दे आईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्