अर्घाखाँचीको खन र खनालहरुको उत्पति र वंशावली

| २०७८ पौष ४ गते २२: १६ मा प्रकाशित

अशोक खनाल,सन्धिखर्क।खनाल हरु को उत्पति र वंशावली खन र खनाल हरुको नामाकरण बि.स. १४४२ देखि भएको पाइन्छ ।बि.स.१४०१ सालमा चामुपाध्य र उनकी श्री मति भागा ले अर्घाली राजाको सेबा गर्दै अर्घा दरबार मा बसेका रहिछन सोही अबस्थामा चामु र भागा को गर्भ बाट तीन भाइ छोरा खगेश्वर ,बलारामर शशिधर जन्मेका रहिछन ।
   
अर्घाली राजाको सेबा गर्दागर्दै चामुपाध्या को बि.स. १४४२ मा स्वर्ग भए पछि भागाले अर्घाली राजा सग अनुरोध गर्दै भनिन महाराज हाम्रा पति स्वर्ग हुनु भयो अब म यी तिनभाइ छोरा हरुलाई कहाँ लगेर पालु मलाई बस्ने ठाउँ दिनु पर्यो भन्दा जाउ पारी राक्साका डाडामा भन्दै आफ्ना सिपाही खन्ने भाडा कुडा सहित ठाउ ठाउ मा चिन्ह लगाउदै जानू र नामाकरण पनि गर्नु भन्ने आदेश पाए पछि भागाले मान्द्रेढुङा ,दुनुका पोखरी ,घेराका लेख ,मरेङ खोला ,ओखलढुंगा ,डाडाकटेरी, छहराको थाप्लो,सेती भर्ली ,बेथुखर्क,बडाखोला हुदै माछा मार्ने रह,बरम्कोट को तेस्रो कर्नमारे जाने बाटो र यश यरिया भित्रको क्षेत्र खन भन्ने नामाकरण गरि राजाले कुश बिर्ता  ताम्रापत्र गरि दिएको पाइन्छ ।
  
१४४२ साल देखि ती भागा र उनका तीन भाइ छोरा खनाल भएको पाइन्छ ।पछि भागा ले पुजा गर्ने बिषयमा तीन भाइ छोराहरु सग भनिन अब हामीले गाइको पुजा गरेर नुन राखी गाइको प्रदक्षिणा गर्नु पर्यो भनेर गुल्मी धुरकोट बाट ब्रामण झिकाइ पुजा गरेर प्रदक्षिणा  गरि गौचरण छाडेकी हुनाले खन पधेराबाट घुम्दै गाइको प्रदक्षिणा गर्दै ब्रामण अघि लगाइ फलारपानी , बेथुखर्क,मखात हुदै पुन पधेरा आइ मेरा छोरा नाति कसैले यो मैले प्रदक्षिणा गरिएको एरिया जालकाडाको डाडो लेखमा मेरा वंशले खेती तथा बसोबास नगरोस भनेको हुनाले अहिले सम्म त्यस प्रदक्षिणा गरेको एरिया भित्र खनाल हरुले बसोबास तथा खेती पाती गरेका छैनन् ।
 
छि तिनभाइ को वंश बिस्तार हुदै जादा लमजुङ ,तनहुँ ,इलाम,गोर्खा ,दैलेख लगायतका जिल्ला हरुमा गएको पाइन्छ ।त्यो तीन भाइको वंश बढ्दै जादा आठौं पुस्तामा छाताराम खनाल का आठ श्रीमति बाट ३१ भाइ छोरा जन्मेर विभिन्न ठाउमा गइ बसि आएको भन्ने किम्बदन्तीमा छ यसरी खनाल र खन भएको भन्ने पाइन्छ अत बैशाखे पुणिमा र मंसिरे पुणिमा मा देबाली गर्ने चलन रहि आएको छ। स्व.बुबा गौरी शंकर खनाल को सहयोग मा यो लेखिएको सामाचार हो। 

प्रतिक्रिया दिनुहोस्