पाणिनि बहुमुखी क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा नव आगन्तुक बिद्यार्थी लाई स्वागत कार्यक्रम सम्पन्न

| २०७८ पौष १० गते ०५: ४७ मा प्रकाशित

अर्घाखाँची। जिल्लाकै शैक्षिक धरोहर पाणिनि बहुमुखी क्याम्पसमा सन्धिखर्क ०१ अर्घाखाँचीमा स्वतन्त्र विधार्थी यूनियनकाे आयाेजनामा  स्नातक र  स्नातकोत्तर तहमा नव  आगन्तुक बिद्यार्थी लाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । 

जस कार्यक्रम अध्यक्षता स्ववियु सभापति लक्ष्मण खड्का कार्यक्रम  प्रमुख अतिथि सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुसाल , विशिष्ट अतिथि सन्धिखर्क नगरपालिका उप मेयर ठाकुर वि.क (किशोर ) , क्याम्पस सहायक प्रमुख बाबुराम शर्मा र एकीकृत समाजवादी जिल्ला अध्यक्ष राम बहादुर चाैहान अतिथिहरूमा  क्याम्पसका सम्पूर्ण प्रध्यापक सरहरू सन्धिखर्क नगरपालिका वाड नम्बर ०१ वडा सदस्य लक्ष्मण पराजुली अखिल (क्रान्तिकारी ) जिल्ला अध्यक्ष सुदिप खनाल अखिल( क्रान्तिकारी ) विप्लव निकट जिल्ला अध्यक्ष बाबुराम नेपाली  लगाएतकाे उपस्थित रहेको थियोे । स्वागत मन्तव्य स्ववियु उप सभापति श्रीजन भुसाल र सञ्चालन स्ववियु सह सचिव कुलराज बन्जाडेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्