पार्टी थप उर्जा सहित गतिशिल भएकाे छ:चन्द्र बहादुर खड्का

| २०७८ पौष १० गते १४: ४० मा प्रकाशित

गणेश खनाल।अखिल नेपाल महिला संघ जिल्ला कमिटि अर्घाखाँचीकाे सचिवालयकाे विस्तारित बैठक मदन आश्रीत स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएकाे छ ।

 बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य जिल्ला ईन्चार्ज  चन्द्र बहादुर खड्का र केन्द्रीय सदस्य जिल्ला सह ईन्चार्ज चेतनारायण आचार्यलाई बधाई तथा सम्मान समेत गरेका छ । चितवनमा सम्पन्न महाधिवेशनमा दुवै जना केन्द्रीय सदस्यमा विजयि हुनुभएकाे थियाे।

कार्यक्रममा बाेल्दै खड्काले चितवनमा सम्पन्न महाधिवेशनले एमालेलाई थप उर्जा सहित गतिशिल बनाएकाे बताउनुभयाे । आसन्न निर्वाचनमा एमालेलाई बहुमत पुर्‍याउने गरि काममा खट्न कार्यकतालाइ निर्देशन दिनुभयाे । 

जिल्ला सहईन्चाज आर्चायले अर्घाखाँचीमा एमाले पहिलाे दल रहेकाे भन्दै आसन्न हुने तीन तहका निर्वाचन विजय हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्