एमालेको देउँसी भैलो समापन: नेता र सांसद छमछमी नाच्दा जनता उत्साहि (भिडियो सहित)

| २०७८ पौष ११ गते १२: ५५ मा प्रकाशित

शोभाखर पन्थी,अर्घाखाँची। नेकपा एमाले सन्धिखर्क वडा नं. १२ द्वारा संचालित देउसी-भैलो कार्यक्रम  समापन गरिएको छ ।

दिपावलीको अबसरमा गत कार्तिक महिनामा संचालित दिउसी- भैलोको एक भव्य समारोहका बीच शनिवार समापन गरिएको हो । भौलो समापन समारोहमा नेकपा एमालेका  नेता तथा सांसदहरू कार्यकर्ता र जनता सँग छमछमी नाचेका थिए । नेताहरू समेत जानि नजानि नाचेपछि स्थानीय बासिन्दामा खुसियाली छाएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले प्रचण्ड र माधव नेपाल दक्षिणपन्थी अबसरवादको मोतियार भएको बताउनुभयो । उहाँले आफ्नो पार्टीको सरकार ढालेर शेरबहादुर देउवाको पछि लाग्नु  प्रचण्ड ,माधव समुहको गम्भीर गल्ती  भएको भन्दै , उहाँले यी दुबै नेताहरू कम्युनिस्ट आन्दोलन बाट बिचल्लीत भएको आरोप लगाउनु भयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले निर्वाचन पछि एमाले अध्यक्ष केपी शर्मा ओली पु:न प्रधानमन्त्री बन्ने दाबी गर्नुभयो । वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्नुको सट्टा मुुलुुकमा अनियमितता ,ढिलासुस्ती र भ्रष्टाचार बढाएको उहाँको आरोप छ । लुम्बिनी प्रदेशका पुर्वमन्त्री समेत रहनुभएका आचार्यले अघिल्लो सरकारले ल्याएका योजना र बजेट वर्तमान सरकारले कटौती गरेर जनता प्रति गद्दारी गरेको भन्दै जनता सँग माफि माग्दै तत्काल गल्ती सच्याउन माग गर्नुभयो ।

नेकपा एमाले सन्धिखर्क वडा नं. १२ कमिटीका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षता ,सचिव वसन्त श्रेष्ठको संचालन र नगरकमिटीका सदस्य मधु कुमार श्रेष्ठको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य पिताम्बर भुसाल , जिल्ला कमिटीका सचिव तोजबहादुर रायमाझी ,उपसचिव प्रेम नारायण गैरे,जिल्ला सचिवालय सदस्य लिलबहादुर बि.क.,शम्भु प्रसाद पोख्रेल ,रामबहादुर रायमाझी ,ध्रुव आचार्य ,जिल्ला सल्लाहकार नारायण श्रेष्ठ ,एमाले सन्धिखर्क नगरकमिटीका सचिव कुशल भुसाल ,उपसचिव लक्ष्मण पराजुली ,सदस्य नारायण बस्याल,राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य भेषराज क्षेत्री , प्रेश चौतारी नेपालका प्रदेश अध्यक्ष शोभाखर पन्थी ,जिल्ला अध्यक्ष हिमबहादुर जि.सी. लेकाली  लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्