जिल्ला समन्वय समिति रामेछाप को टोलि अर्घाखाँचीमा

| २०७८ पौष १२ गते १५: ५४ मा प्रकाशित

अशोक खनाल,अर्घाखाँची।
पौष १२- जिल्ला समन्वय समिति रामेछापको  टोलि अबलोकन भ्रमणको लागी अर्घाखाँची आएको छ उक्त भ्रमण टोलि लाई जिल्ला समन्वय समिति अर्घाखाँची का प्रमुख पिताम्बर शर्मा भुसाल ,उपप्रमुख ऋषि बहादुर पुलामी ,प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे निमित्त समन्वय अधिकारी बिनोद कुवरले जिल्ला समन्वय को कार्यकक्ष मा स्वागत गर्नु भएको छ।

उक्त भ्रमण टोलिमा जिल्ला समन्वय समिति रामेछाप का प्रमुख प्रेम बहादुर खड्का , उपप्रमुख दिपा पाख्रीन जिल्ला समन्वय अधिकारी झनक कुमार खत्री लगायत जिल्ला समन्वय समिति को टोलि तथा कर्मचारी हरुको उपस्थित रहेको थियो ।
  
जिल्ला समन्वय समिति अर्घाखाँची का प्रमुख शर्माको कार्यकक्ष मा भएको छलफल मा दुबै जिल्लाको  बिकास निर्माण लगायतका गतिविधि को बारेमा दुबै जिल्ला का प्रमुख हरुले जानकारी आदानप्रदान गर्नु भएको थियो । भ्रमण टोलि जिल्ला को विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अबलोकन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्