अर्घाखाँचीका ४ पालीकामा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य(सम्पूर्ण विवरण सहित)

| २०७८ पौष १२ गते २१: १९ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची।अर्घाखाँचीमा सोमबार २ जना कोरोना संक्रमित निको भएका छन । पछिल्लो २४ घण्टामा पाणिनी गाउँपालीकाबाट २ जना कोरोना संक्रमित निको भएका छन । यससंगै जिल्लामा हालसम्म ४ हजार ४ सय ५जनाले कोरोनालाई जितेका छन । जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या भने ४ हजार ४ सय २ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमितहुनेको संस्या शुन्य रहेको छ । अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ७ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा भुमिकास्थान नगरपालीकामा २ जना र पाणिनि गाउँपालीकामा ५ जना गरी जम्मा ७ जना सक्रिय संक्रमित आईशोलेसनमा रहेका छन ।

सन्धिखर्क,शितगंगा,मालारानी र छत्रदेबमा भने सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ । कोरोना संक्रमणका कारण हालसम्म ९० जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्