कोरोना संक्रमणका कारण अर्घाखाँचीमा थप १ जनाको मृ'त्यु: ७ जना उपचाररत(सम्पूर्ण विवरण सहित)

| २०७८ पौष १३ गते २१: २७ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची।कोरोना संक्रमणका कारण अर्घाखाँचीमा थप १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मालारानी गाउँपालीकामा कोरोना संक्रमणका कारण थप १ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यससंगै जिल्लामा कोरोना संक्रमणका कारण हालसम्म ९१ जनाको मृत्यु भएको छ ।

यस्तै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ५ सय ३ पुगेको छ भने, ४ हजार ४ सय ५ जनाले कोरोनालाई जितेका छन । अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ७ जना सक्रिय संक्रमित रहेका छन ।

प्रतिक्रिया दिनुहोस्