एमाले जिल्ला अध्यक्ष पदमा पिताम्बर भुसालको उम्मेदवारी

| २०७८ पौष १५ गते १९: ३९ मा प्रकाशित

अर्घाखाँची। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य पिताम्बर भुसालले ८ औं जिल्ला अधिवेशनमा एमाले जिल्ला अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । विद्यार्थी देखि पाटी राजनीतिमा निरन्तर सक्रिय रहेका भुसाल एमालेभित्र प्रभावशाली नेता हुन।

एमालेको जिल्ला अधिवेशन यही पुस २३ गते सन्धिखर्कमा हुदैछ । मालारानी गाउँपालिका–५ बाँगीमा जन्मिएका भुसाल २०५४ सालमा गाविस अध्यक्ष भएर विकास निर्माणमा लोकप्रिय काम गरेका थिए ।

‘अर्घाखाँचीमा अलगअलग पाटीहरुसँगको प्रतिष्प्रधामा नेकपा एमाले नै जिल्लाको पहिलो शक्ति हो,’ भुसालले भने, ‘पाटीलाई थप उर्जावान बनाउँदै सांगठानिक रुपमा सबै पालिका, वडा र टोलतहमा अब्बल एमाले र वैचारिक तथा सौद्धान्तिक रुपमा गतिशिल एमाले बनाउँछु । मेरो लामो पाटी संगठन निर्माणको अनुभवका आधारमा अब अध्यक्ष भएर एमाले हाँक्छु ।’

नेता भुसाल २०४७ सालअघिसम्म विद्यार्थी संगठन र त्यसपछि पाटी राजनीतिमा गाउँतहको अध्यक्ष देखि, इलाका हुँदै २०५४ सालमा जिल्ला कमिटिमा प्रवेश गरी निरन्तर रुपमा खटिँदै पाटी संगठन विभाग प्रमुख भएर संगठन निर्माणमा काम गरेको अनुभव छ ।

सांगठानिक गतिविधिलाई व्यवस्थित गर्दै युवालाई अवसर र अग्रजलाई सम्मान गर्दै एमाले पाटीलाई थप शक्तिशाली, उर्जावान र गतिशिल बनाउने भुसालको योजना छ । हरेक परिवर्तित आन्दोलनमा सक्रिय भुसाल एमाले पाटी निर्माणमा अहोरात्र खटिने नेता हुन ।

एमालेलाई थप जनमुखी पाटी बनाउँदै जनताको भरोसाको पाटी निर्माण गरी सबैलाई मिलाएर लैजाने र जुझारु तथा सुदृढ एमाले बनाएर अर्घाखाँचीमा एमालेको लालकिल्ला थप मजबुद बनाउने भुसालले बताए ।

८ औं अधिवेशनबाट एमाले जिल्ला अध्यक्षमा निर्वाचित गराउन शीर्ष नेता देखि गाउँतहका कार्यकर्ताले आफुलाई जिम्मेवारी दिने आशामा भुसाल छन् । जिल्लाकाे विकास निर्माणका कामलाई थप बजेट पार्न अाफु लागिपर्ने उनले बताए । स्थानीय तह देखि सांसदका चुनाव जित्ने एमाले बनाउन लाग्ने भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्