नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीको चियापान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०७८ पौष १६ गते १४: १९ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 पौष १६- नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति अर्घाखाँची द्वारा ४६ औं रास्ट्रिय मेलमिलाप दिबसर को अबसरमा आयोजित चियापान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
 
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश का  सह महामन्त्री बिष्णु खनाल मुस्कान को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मा लुम्बिनी प्रदेश सदस्य शान्ता भन्डारी ,नेपाली काङ्ग्रेस का पुर्ब सभापति कमल प्रसाद भुसाल ,नेकपा एमाले का जिल्ला सचीव तोज बहादुर रायमाझी , नेकपा (माओबादी केन्द्र ) का नेता डिलाराम पान्डे ,नेकपा एकीकृत समाजबादी का अध्यक्ष राम बहादुर चौहान ,राजमोका जिल्ला उपाध्यक्ष गोपाल पौडेल ,राप्रपा जिल्ला अध्यक्ष दिपक कुवर,नेकपा बिप्लपका नेता नवीन खड्का , परिवार दल का जिल्ला नेता डिल्लिराज भुसाल ,जसपा का नेता पुष्कर आचार्य नेपाल पत्रकार महासंघ का जिल्ला अध्यक्ष अशोक खनाल लगायत नेपाली काङ्ग्रेस का विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ता हरुको उपस्थित रहेको थियोे ।
 
सबैले सबैको अस्तित्व, आस्था र विचारलाई सम्मान गरौं ।राष्ट्रिय राजनीतिको कठिन र प्रतिकुल अबस्थामा सबै दल, संघ, संस्था र आम नागरिक एकत्रित बन्दै सहकार्य र सहमति बाट अगाडि बढौं । संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको सबैले अपनत्व लिदैं निश्चित समयावधि तय गरि समुन्नत नेपाल र सम्मानित नेपालीको यात्रामा अग्रसर हुने सर्बदलिय संकल्प गरौं भन्ने कुरामा अतिथि तथा सहभागी हरुको एउटै आबाज थियो । 

नेपाली काङ्ग्रेस जिल्ला सभापति केशव श्रेष्ठ को अध्यक्षता उपसभापति बिष्णु भुसालको स्वागत मन्तव्य  तथा जिल्ला सचीव कृष्ण खनाल को संचालन मा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्