४६ औँ राष्ट्रिय मेलमिलाप दिवशमा अर्घाखाँचीमा पनि मनाईयाे: राष्ट्रिय संकटमा एकै ठाउँमा रहन दलहरूलाइ मुस्कानकाे आग्रह

| २०७८ पौष १६ गते १७: ४० मा प्रकाशित

गणेश खनाल,अर्घाखाँची । ४६ औँ राष्ट्रिय मेलमिलाप  दिवशकाे अवसरमा नेपाली काग्रेस जिल्ला कार्य समितिकाे अायाेजनमा अायाेजित चियापन तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएकाे छ । 

कार्यक्रममा मन्तव्य राख्दै नेपाली काग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनालले नेपाल राष्ट्रिययतालाइ कमजाेर पार्ने षड्यन्त्रको विरूद्वमा देशका रक्षा लागि विपि काेइराला सहितका नेताहरूले देशकाे स्वामिमान जाेगाएकाे बताउनुभयाे । राजनीति दलका विमेलका कारण राष्टमाथि आक्रमण भईरहेका भन्दै फेरि पनि सबै एकै ठाउँमा उभिएर राष्ट्रियताकाे पक्षमा उभिन आग्रह गर्नुभयाे । जिल्लामा रहेका दलहरूकाे एकतालाइ सधै कायम राखि रहने प्रतिवद्वता जाहेर गर्नुभयाे । 

कार्यक्रममा नेपाली काग्रेसका पुर्व सभापति कमल प्रसाद भुसाल, नेकपा एमाले जिल्ला सचिव ताेजबहादुर रायमाझी , नेकपा माओवादीका डिलाराम पाण्डे, नेकपा एकीकृत समाववादीका अध्यक्ष रामबहादुर चाैहान,राजमाेका उपाध्यक्ष गाेपाल पाैडेल,राप्रपा अध्यक्ष दिपक कुवर,नेकपाका नवीन खड्का,परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल,जनता समाजवादीका पुष्करनाथ आर्चाय,पत्रकार महासघका अध्यक्ष अशाेक खनाल,छत्रदेव गाउपालिका वाड नम्वर ३ का अध्यक्ष नारायण भट्टराई  लगाएले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

नेपालि काग्रेस जिल्ला सभापति केशव श्रेष्ठकाे अध्यक्षता,उपसभापति विष्णुप्रसाद भुसालको स्वागत मन्तव्य र सचिव कृष्णप्रसाद खनालकाे सञ्चालनमा कार्यक्रममा सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्