नेकपा एमाले सचिवमा तोजबहादुर रायमाझी विधानको उम्मेदवारी

| २०७८ पौष १९ गते १४: ४९ मा प्रकाशित

गणेश खनाल,अर्घाखाँची । पुस २३ गते हुने नेकपा एमाले अर्घाखाँचीको जिल्ला अधिवेशनमा युवा नेता तोजबहादुर रायमाझी विधानले उम्मेदवारी दिने हुुनुभएको छ। 

परिवर्तनको आन्दोलनमा सानै उमेरमा सबै छाडेर जिवन मरणको दोसाधमा हुमिएर नाफाको जिवन लिएर आएका रायमाझी युवाहरु विच निकै लोकप्रिय हुनुहुन्छ । नेकपा एमालेको सचिव भईसक्नुभएका रायमाझीले सहमति र एकताको लागी उहि पुुरानै सचिव पदमा उम्मेदवारी भएपछि सम्र्वसम्मत हुने सम्भावना अधिक रहेको छ । जिल्ला देखी केन्द्रिय नेतृत्व रहेका अधिकाम्शको समर्थनमा सचिव बन्न लाग्नु भएका रायमाझीले निर्वाचन भएपनि दुई तिहाई भन्दा बढी मत लिएर विजयी हुने आकलन गरिएको छ ।

विद्यार्थीको जिल्ला देखी केन्द्र,युवाको जिल्ला नेतृत्व,पार्टीको जिल्ला देखी प्रदेश सम्मको जिम्मेवारी सफलता पुर्वक निर्वाह गर्नुभएको रायमाझीले द्रोस्रो पटक नेकपा एमाले अर्घाखाँचीको जिम्मेवारी लिन थाल्नु भएको हो । बुढा देखी युवा सम्म भिज्न सक्ने खुवी भएका रायमाझीले सबै भावनालाई समेटर जिल्लाको पार्टीलाई आसन्न निर्वाचनमा पहिलो बनाउन महत्वपुर्ण सक्ने क्षमता समेत रहेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्