पाल्पाको रिब्दीकोट लघुवामा भएको बस दुर्घटनामा अर्घाखाँचीका ५ जनाको मृ'त्यु : मलारानी शोकमा

| २०७८ पौष २० गते ०६: २७ मा प्रकाशित

जनक बस्याल ,अर्घाखाँची। पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा आइतबार बिहान साढे १० बजे ३५ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दुर्घटनामा अर्घाखाँची जिल्लाको मालारानीका ५ जनाको मृ'त्यु भएको छ। 

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर २ को कुभिण्डे स्थायी घर भई हाल बुटवल १७ रानीगञ्ज बसोबास गर्दै आईरहेका ७० वर्षीय वीरबहादुर विश्वकर्माको निधनपछि रिडी हिडेका मलामी सवार बस दुर्घटना हुँदा मालारनीका मोहन कुँवर,पशुपती रसाईली,भोजेन्द्र बि क ,शंकर बि.क र अर्जुन बि.कको दु:खद निधन भएको छ भने  दुर्घटनामा अन्य घाईतेको अस्पतालमा उपचार भैरहेको र वीरबहादुरका बुटवलका छिमेकी बिजय थापा र खुमबहादुर रानाको मृ'त्यु भएको छ। । 

मृतक ७० वर्षीय वीरबहादुर विश्वकर्माका ६ भाई छोराहरु रहेको बुझिएको छ। ज्येष्ठ छोरा रोजगारीको शिलशिलामा भारत गएको र आजको मिति सम्म घरपरिवार देखि सम्पर्कबिहीन रहेको खबर प्राप्त भएको छ। बस दुर्घटनामा घाइते मृतक वीरबहादुर विश्वकर्माका कान्छा छोरा लगायत अन्य छोराहरु  र बाँकी घाईते मलामिको अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको जानकारी आएको छ। 

पाल्पा बस दुर्घटनामा एकै दिन ५ जनाको मृ'त्युको दु:खद खबरले मालारानी शोकमा डुबेको छ। 

प्रतिक्रिया दिनुहोस्