नेकपा (एमाले ) प्रचार प्रसार उपसमिति द्वारा ८ औँ जिल्ला सम्मेलन तयारीको बारेमा पत्रकार सम्मेलन

| २०७८ पौष २० गते १८: ५४ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 पौष २०-  नेकपा (एमाले ) जिल्ला कमिटी द्वारा गठित  प्रचार प्रसार उपसमितिले पार्टीको  पौष २३गते हुने  ८ औं जिल्ला सम्मेलन तयारीको बारेमा पत्रकार सम्मेलन गरेको छ ।
 
पार्टी बाट नियुक्त प्रमुख निर्वाचन आयुक्त  केबि भुसालको प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा खाध्यान्न तथा आवास  उपसमिति का संयोजक युबराज श्रेष्ठ ,मंच तथा साउन्ड ब्याबस्थापन उपसमितिका संयोजक श्रीकृष्ण भुसाल , प्रतिनिधि ब्याबस्थापन उपसमिति का संयोजक लिल बहादुर बिक,स्यम सेबक उपसमिति का संयोजक खुबिराम आचार्य तथा निर्बाचन अधिकृत दिलिप केसी प्रेस चौतारिका द्वय केन्द्रिय सदस्य  हिम जिसि लेकाली अर्जुन भुसाल लगायतको उपस्थित रहेको थियो 
   
६१ वडा बाट ४३६ विभिन्न शाखा बाट १७ तथा जिल्ला कमिटी बाट १०० जना गरि कुल ५६३ जना प्रतिनिधि सहभागी रहने     सम्मेलन मा १३८ महिला ,९९ दलित ,१९ मुस्लिम प्रतिनिधि को सहभागी हुने जानकारी गराइएको थियो ।विभिन्न उपसमिति का संयोजक द्वारा आ आफ्नो उपसमिति ले गरेको तयारीको बारेमा जानकारी गराइएको थियो 
 
प्रचार प्रसार उपसमिति का संयोजक प्रेम नारायण गैरेको अध्यक्षता मा सम्पन्न कार्यक्रमको संचालन प्रचार प्रसार उपसमिति सहसंयोजक शोभाखर पन्थीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्