एमाले अर्घाखाँचीकाे २३ गते हुने जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा

| २०७८ पौष २० गते १९: ४३ मा प्रकाशित

 प्रेमनारायण आचार्य ,सन्धिखर्क।
 २० पुस - नेकपा एमाले अर्घाखाँची आठाैं जिल्ला अधिवेशन प्रचार प्रसार उपसमितिले पत्रकार सम्मेलनकाे आयाेजना गरेर अधिवेशनकाे तयारी बारे जानकारी गराएकाे छ । 
 
प्रचार प्रसार उप समितिका संयाेजक प्रेम नारायण गैरेकाे अध्यक्षता र सदस्य शाेखाखर पन्थीकाे सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा अधिवेशनको तयारी बारे जानकारी गराइएको थियोे । 

अधिवेशनमा सन्धिखर्कबाट ९९, मालारानीबाट ७२, सितगंगाबाट ६८, पाणिनिबाट ६४, भुमिकास्थानबाट ६१, छत्रदेवबाट ५६, शाखाबाट १५, आयाेजक कमिटी १००, मनाेनित २७ गरि कुल ५६३ प्रतिनिधि सहभागि हुनेछन् । अधिवेशनले ९० सदस्यीय जिल्ला कमिटीकाे निर्माण गर्नेछ । एमाले केन्द्रीय सचिव टाेपबहादुर रायमाझीले अधिवेशनकाे  उदघाटन गर्नुहुनेछ ।कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत केवि भुसाल, खाद्य व्यवस्थापन उपसमिति  संयाेजक युवराज श्रेष्ठ, स्वयंसेवक परिचालन उप समिति संयाेजक खुवीराम आचार्य, मञ्च तथा ध्वनि व्यवस्थापन उप समिति संयाेजक श्रीकृष्ण भुसाल, प्रतिनिधि व्यवस्थापन उप समिति संयाेजक लिलबहादुर विकले अधिवेशन तयारीका बारेमा जानकारी गराउनु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्