एमाले अर्घाखाँचीको उपाध्यक्षमा शम्भु पोख्रेल भिड्दै

| २०७८ पौष २१ गते १५: ०७ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।
२१ पुस- नेकपा एमाले अर्घाखाँचीको उपाध्यक्षमा जिल्ला सचिवालय सदस्य तथा समाजसेवी व्यक्तित्व शम्भु पोख्रेलले उम्मेदवारी दिनुहुने भएको छ । 

यही पुस २३ गते सन्धिखर्कमा हुने ८औं जिल्ला अधिवेशनमा एमाले जिल्ला उपाध्यक्ष पदमा उम्मेदवारी दिने पोख्रेलले बताउनुभयो । २०३५ साल देखि एमालेका विभिन्न पदमा बसेर काम गर्दै आउनु भएका नेता पोख्रेलले निरन्तर  रुपमा पार्टी काम तथा अन्य संघ सस्थाको कुशलतापुर्बक जिम्मेवारी निर्बाह गर्दै आउनु भएको छ । 

कुशल संगठक तथा सबैमा लोकप्रिय नेताका रुपमा चिनिने नेता पोख्रेलले विभिन्न सामाजिक संघ सस्थामा बसेर सबै पाटीका नेताहरुलाई मिलाएर लैजान सक्ने तथा समस्या र विवादको समाधान गर्न सक्ने कुशल नेताका रुपमा चिनिनु हुन्छ ।रेडक्रस सोसाइटी अर्घाखाँची शाखको पुर्ब जिल्ला अध्यक्ष हुदै केन्द्रिय सदस्य तथा लुम्विनी प्रदेश संयोजक समेत रहेर काम गरेका नेता पोख्रेलले गैरसरकारी सस्था महासंघ अर्घाखाँचीको पुर्ब जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्यको समेत काम गरेको अनुभव छ । नेता पोख्रेल हाल एमाले  जिल्ला सचिवालय सदस्य,  बुद्धिजिबी संगठन , युवा तथा खेलकुद विभागको इन्चार्ज र सन्धिखर्क नगरपालिकाको सह इन्चार्जको रुपमा रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्