एमाले अर्घाखाँचीकाे अध्यक्षमा पिताम्बर भुसाल भिड्दै

| २०७८ पौष २१ गते १५: १३ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।
 २१ पुस - नेकपा एमाले अर्घाखाँचीकाे अध्यक्षमा लुम्बिनी प्रदेश कमिटी सदस्य पिताम्बर भुसालले उम्मेदवारी दिनुहुने भएको छ । यही पुस २३ गते सन्धिखर्कमा हुने ८औं जिल्ला अधिवेशनमा एमाले जिल्ला अध्यक्ष पदमा उम्मेदवारी दिने भुसालले बताउनुभयो ।  

 लगातार २४ वर्ष जिल्ला कमिटी सदस्य, सचिवालय सदस्यको रुपमा पार्टी काममा निरन्तर खटेका नेता भुसाल कुशल संगठक तथा सबैमा लाेकप्रिय वैचारिक नेताका रुपमा चिनिनुहुन्छ । २०७५मा एमाले र माओवादी केन्द्र एकता पश्चात तत्कालीन  २०६५ मा वुटवलमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि, २०७० मा काठमाडौँमा सम्पन्न नवौ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि, २०७८ असोजमा सम्पन्न ऐतिहासिक प्रथम विधान महाधिवेशन प्रतिनिधि र २०७८ मंसिरमा चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि जानुभएका भुसाल हाल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्