कि मदन भण्डारीको कि केपी ओलीको चर्चा हुन्छ : रायमाझी

| २०७८ पौष २४ गते १३: ४२ मा प्रकाशित

अर्घाखाँची। नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले एमाले अध्यक्ष ओलीलाई मदन भण्डारीसँग तुलना गरेका छन् । एमाले अर्घाखाँचीको जिल्ला अधिवेशनको उद्घाटन पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले धेरै व्यक्तिहरूले एमालेको नेतृत्व गरेका भए पनि कि त मदन भण्डारीको चर्चा भएको र कि केपी ओलीको मात्र चर्चा भएको भन्दै केपी ओलीलाई मदन भण्डारीसँग तुलना गरेका हुन् । 

‘केपी ओली लामो समय जेल बस्नुभयो,’ नेता रामाझीले भने, ‘पछि जेलबाट निस्किए पनि मूल नेतृत्वमा रहनुभएन । तर, चर्चा मदन भण्डारीको छ कि केपी ओलीकै छ ।’ नेता रायमाझीले प्रमुख प्रतिपक्षीका विरुद्ध आम गठबन्धन बन्नु सत्ताधारीको हारको उपज भएको बताए । 

काँग्रेस महाधिवेशनमा समेत ओलीको पक्षमा नाराबाजी भएको भन्दै रायमाझीले एमालेविरुद्ध चौतर्फी घेराबन्दी भए पनि आफूहरू ठिक ठाउँमा रहेको दाबी गरे । ‘सत्तापक्षीय पार्टीको अधिवेशन छ,’ नेता रायमाझीले भने, ‘तर चर्चा ओलीकै हुन्छ, भनेपछि देश एमालेकै वरिपरि घुमिरहेको छ ।’ 

प्रतिक्रिया दिनुहोस्