जिल्ला बिपद ब्याबस्थापन समिति ,डिसिसिएमसी अर्घाखाँचीको बैठक सम्पन्न 

| २०७८ पौष २५ गते १८: १९ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। जिल्ला बिपद ब्याबस्थापन समिति / डिसिसिएमसी अर्घाखाँचीको बैठक सम्पन्न भएको छ। 

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे को अध्यक्षता मा सम्पन्न बैठकमा स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत हरु,जिल्ला स्थित शुरक्षा निकायका प्रमुख हरु राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि बिषयगत कार्यालय का प्रमुख हरु उधोग बाणिज्य संघ ,चेम्बर अफ कमर्श नेपाल रेड्क्रस ,नेपाल पत्रकार महासंघ लगायत का प्रमुख हरुको उपस्थिति रहेको थियोे । 

बैठकले निम्न अनुसार को निर्णय गरेको छ।

निर्णय 

१ - जिल्लामा प्राकृतिक विपदको कारण क्षति भएका सडकहरु मध्ये सबै भन्दा धेरै क्षति भएका निम्नअनुसारका सडकहरुको पुर्ननिर्माण गर्नका लागि लुम्बिनी प्रदेश,भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरि पठाउने निर्णय गरियो। 

क ) हर्रे सिदवार लैरी सडक 
ख)बिहार राम्पथ मखात खन ,खानदह सडक 
ग )सन्धिखर्क उर् नुवाकोट खिल्जी असुरकोट योगिटारी प्युठान सडक 
घ)पाणिनी गाउँपालिका पहुँच मार्ग (घुम्ती तिनगिरे सडक)
ङ )सन्धिखर्क बलकोट तम्घास सडक (सन्धिखर्क बलकोट सडक)

२ ) गृह मन्त्रालय को च. न १३९८  मिति २०७८ साल पुष २० को कोष अभियानलाई प्रभावकारी बनाउन समन्वय गर्ने सम्बन्धी  पत्र साथ् प्राप्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र बैठक मा पेश भई छलफल भयो। खोप अभियानलाई प्रभावकारी बनाउँन ३ दिनभित्र कार्ययोजना पेश गर्न स्वास्थ्य कार्यालयलाई जिम्वेवारी दिने र खोप समन्वय समितिको बैठक बाट कार्ययोजना अनुमोदन गरि कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरियो। 

३ )पछिलो समय नेपालमा समेत कोरोनाको नयाँ भेरीयन्ट  फेला परेको यसको तिब्र  संक्रमणदर  भएको र छोटो समया धेरै जनामा संक्रमण हुन् सक्ने भएको हुँदा यस जिल्ला पनि उच्च जोखिममा रहेकोले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणको लागि सम्बन्धित सबै निकायहरुले उच्च सतर्कता अपनाउँने निर्णय गरियो। 

४ )गत बर्षको मनसुनजन्य विपदबाट क्षति भएका ७० घर परिवारको निजि आवास पुर्ननिर्माणको लागि मनसुनजन्य विपद प्रभावित निजि आवास पुर्ननिर्माण तथा पुर्नस्थापना कार्यविधि २०७७ बमोजिम पाउँनु पर्ने ४ लाख मधे प्रथम किस्ता वापटको रकम प्राप्त भएकोले ३०% रकम  प्रदेश सरकार ले बेहोर्नु पर्ने व्यवस्था भए बमिजिम रु ८४ लाख रकम प्रदेश सरकार समक्ष माग गर्ने निर्णय गरियो। साथै यस बर्षको मनसुन बाट क्षति भएका निजि आवास हरुको पुर्ननिर्माणको लागि स्थानीय तहरुले  कार्यबिधि बमोजिम यथा सिघ्र सिफारिस गरि पठाउने निर्णय गरियो। 

५ )मिति २०७८ साल असोज ३१ गते देखि कार्तिक ५ गते सम्म परेको अविरल बर्षाका कारण क्षति भएको धन्वालिहरुको विवरण स्थानीय तहबाट सिफारिस भई कृषि ज्ञान केन्द्र मार्फत प्राप्त भएको ले गृह मन्त्रालय मा निम्नअनुसारको विवरण सिफारिस गरि पठाउँने निर्णय गरियो। 

क्रमश 

स्थानीय तहको नाम -

१ ) सन्धिखर्क  नगरपालिका 
- कृषक संख्या - २८३ 
- क्षति भएको क्षेत्रफल कठ्ठा -१२२६६१ 

राहत रकम -९८,२३८,००३ 

२ )भुमिकास्थान नगरपालिका 

-कृषक संख्या - ३६४ 

-क्षति भएको क्षेत्रफल कठ्ठा - ७५७ ७१६ २८८ 

राहत रकम- ४०,३१९,९८० 

३) सितगङ्गा नगरपालिका 
- कृषक संख्या - ९०६ 

- क्षति भएको क्षेत्रफल कठ्ठा- ११४९५९५ 
-राहत रकम- १,०१५,३६५,८१९ 

४ ) पाणिनी गाउँपालिका 

- कृषक संख्या - ३३९  

- क्षति भएको क्षेत्रफल कठ्ठा- ९११९ ३३७५ 

प्रतिक्रिया दिनुहोस्